भन्सार छली गरेर ल्याएको ५ लाख रुपैयाँ बराबरको सामान पर्सा प्रहरीको नियन्त्रणमा

224

वीरगञ्ज । पर्सा प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले भन्सार छली गरी तस्करीका माध्यमबाट भित्र्याइएका ५ लाख १५ हजार रुपैयाँ मूल्य बराबरका इलेक्ट्रोनिक्स तथा खाद्यान्न सामग्रीहरू नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक ९डिएसपी० भारतीका अनुसार, नियन्त्रणमा लिएका सामग्रीहरू आवश्यक कानूनी कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

यो कार्यले सीमा क्षेत्रमा भइरहेका भन्सार छली र तस्करीका गतिविधिहरूको नियन्त्रणमा सुरक्षा निकायले प्रभावकारी भूमिका खेलेको स्पष्ट हुन्छ । स्थानीय प्रशासनले यस प्रकारका अवैध क्रियाकलापहरूलाई निरन्तर निगरानी गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Leave A Reply

Your email address will not be published.