वीरगञ्जमा स्टडी ल्याण्ड एजुकेशन संचालनमा: अध्यक्ष शर्माले गरे उद्घाटन
पर्सास् वीरगञ्जमा स्टडी ल्याण्ड एजुकेशन फाउण्डेशन संचालनमा आएको छ । कुमुप्यालेस होटलको सामुने रहेको फाउण्डेशनको नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्माले आज एक कार्यक्रम बिच उद्घाटन गरेका हुन ।
बिगतको लामो समय देखि यस क्षेत्रमा काम गर्दै आएका अमन पटेलले आफ्नो अनुभवीबाट बिद्यार्थीहरुले पछिल्लो दिनमा भोग्दै आईरहेका विभिन्न समस्यालाई सहजताले समाधान गर्न यस एजुकेशन फाउण्डेशन ९परामर्श० केन्द्र संचालनमा ल्याएको बताए ।
बिदेशमा उच्च शिक्षा अध्ययनको लागि नेपाली बिद्यार्थीहरुलाई थप सहजता प्रदान गर्ने उद्देश्यले केन्द्र संचालनमा ल्याएको पटेलले जानकारी दिए । उनले थोरै लगानीमा बिदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने बिद्यार्थीहरुको लागि यो संस्था कोशेढुगां साबित हुने बताए । पटेलले अमेरिका, क्यानाडा, युके,अष्ट्रेलिया,न्युजिल्याण्ड लगायतको देशमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई शिक्षा सम्बन्धि परार्मश सहित भिसाको काम समेत गरिने बताए । उनले अन्य संस्थाको तुलनामा आफुहरु सहुलियत दरमा काम गर्ने दावी गरे । पटेलले दक्ष कन्सल्ट्यान्टहरुबाट आवस्यक परामर्श, दक्ष अनुभवी प्रशिक्षकहरुबाट आईइएलटिएसरपिटिईको तयारी कक्षा समेत संचालन हुने बताए ।
उद्धघाटन समारोहमा एमालेका पर्साका जिल्ला सचिव महेश दास, नपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युराज खडका, ओविसि महासंघका केन्द्रिय उपाध्यक्ष अकलेश साह, युवा नेता मनोज साह, संदिप बस्नेत, सागर श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।