समाचार गृहपृष्ठ समाचार ज्येष्ठ नागरिकको पैसा लुट्ने चारजना भारतीयहरु बारा प्रहरीद्वारा पक्राउ

139

बारा। बारा प्रहरीले जेष्ठ नागरिकलाई लुटेर फरार रहेका चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका चारै जना भारतीय नागरिक हुन्।

कलैया उपमहानगरपालिका–१ स्थित प्रभु बैंकको शाखाबाट ५० हजार रुपैयाँ निकालेर घरतर्फ जाँदै गरेका बलिरामपुरका एक जेष्ठ नागरिकलाई असोज १ गते लुट्ने गिरोह पक्राउ परेका हुन्। लुटपाटका क्रममा पीडितलाई चक्कु देखाई धम्क्याइएको थियो।

पक्राउ परेकाहरु भारत, बिहारको पश्चिम चम्पारण जिल्लाका ४३ वर्षीय सुरेश प्रसाद बानियाँ, ४५ वर्षीय शर्मा मुखिया, ३५ वर्षीय शैलेश तिवारी, र मोजफरपुर जिल्लाका ३४ वर्षीय रवि दास रहेका छन्।

प्रहरीका अनुसार पीडित परिवारले दिएको जाहेरीका आधारमा अनुसन्धान गरिरहेको प्रहरीले कलैयाबाट चारै जनालाई पुनः अर्को व्यक्तिलाई लुट्ने योजना बनाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार पक्राउ परेका व्यक्तिहरूसँग भारतीय नम्बरको एउटा मोटरसाइकल पनि बरामद गरिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.