स्रोत नखुलेको १९ लाख नगद सहित जनकपुरबाट तीन जना पक्राउ

72

काठमाडौँ– प्रहरीले जनकपुरबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

भारतबाट मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई प्रहरीले जनकपुरधाम–१२ कुवारामपुरबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारत बिहार राज्य मधुबनी थाना हर्लाखी ग्रामपञ्चायत हर्लाखी–८ का २६ वर्षीय विष्णुदेव यादव, जनकपुरधाम–४ का रमेश भन्ने २८ वर्षीय रञ्जीतकुमार यादव र धनुषा धनौजी गाउँपालिका७ का २० वर्षीय रवि पासवान रहेको प्रहरीले जमाएको छ।

ज १२ प ६४३ नम्बरको मोटरसाइकलमा आइरहेका उनीहरूलाई शंकालागि चेकजाँच गर्दा चालक विष्णुदेवको शरीरका विभिन्न भागमा लुकाएर राखेको अवस्थामा उक्त नगद बरामद भएको प्रहरीले जनाएको छ।

रकमको स्रोत खुलाउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरूणकुमार सिंहले जानकारी दिए। नियन्त्रणमा रहेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताए।

Leave A Reply

Your email address will not be published.