जगरनाथपुर गाउँपालिकाकोे सामूदायिक विद्यालयमा मोबाइल तथा कुर्सी प्रयोगमा प्रतिबन्ध
वीरगञ्ज, पर्साको जगरनाथपुर गाउँपालिकामा शिक्षक(शिक्षिकाहरुका लागि मोबाइल तथा कुर्सी प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
पालिकाभित्र रहेका सामूदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले सो निर्णय गरेको हो । कक्षा संचालनका समयमा मोबाइल तथा कुर्सीको प्रयोगका कारण शैक्षिक क्रियाकलापमा नाकारात्मक प्रभाव परेको हुँदा सो निर्णय गरिएको शिक्षा शाखाका प्रमुख अशोक सिंहले जानकारी दिए ।
पालिका भित्र रहेका ३१ वटा सामूदायिक तथा धार्मिक विद्यालयमा सो नियम लागू हुने प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
विद्यालयमा अनुगमन गर्ने क्रममा विद्यार्थी पढाउने बेलमा शिक्षक÷शिक्षिकाहरुले कुर्सी तथा मोबाइल प्रयोग गरेको पाईएमा सो शिक्षक(शिक्षिकालाई पालिकाले कार्यवाही गर्ने सूचना मार्फत चेतावनी दिइएको छ ।
विद्यालयमा कार्यरत रहेका अपाङ्ग शिक्षक शिक्षिकाका लागि भने कक्षाकोठामा कुर्सी प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।