धोबीनी गाँउपालिकाको समस्याबारे प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण
पुस, ४
नेकपा एमाले मधेश प्रदेशका सदस्य सलाउदिन अहमदले धोबीनी गाँउपालिकाको समस्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन । बुधबार प्रधानमन्त्री ओलीसंग भेट गर्दै अहमदले पालिकामा बिद्यमान समस्याबारे प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएका हुन
पर्सा धोबनी निवासी अहमदले धोबिनी गाउँपालिकाले पछिल्ला दिनहरूमा विभिन्न सामाजिक, आर्थिक, र प्रशासनिक समस्याहरूको सामना गर्दै आएको चर्चा गर्दै गाउँपालिकाभित्र सरकारी स्रोत–साधनको दुरुपयोग, पारदर्शिताको अभाव, र असमान विकासको गुनासो स्थानियबासीहरूले बारम्बार गर्दै आएको बताए । यसका साथै, शिक्षा, स्वास्थ्य, र आधारभूत पूर्वाधारको अभावले गर्दा जनजीवन कष्टकर बनेको प्रधानमन्त्री ओली संगको भेटमा अहमदले बताए । उनले गाउँपालिकाको विकासका लागि आएको बजेट र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्दा जनताको गुनासोले उच्चतम तहमा ध्यानाकर्षण गराउनुपर्ने स्थिति आएको बताए ।
समान अवसर र स्रोतहरूको न्यायोचित वितरणमार्फत स्थानिय स्तरमा समृद्धि ल्याउने उद्देश्यले धोबिनी गाउँपालिकालाई सुधार गर्नका लागि तत्काल उच्चस्तरीय छानबिन तथा समाधान प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री ओली संग आग्रह आग्रह गरे ।
प्रधानमन्त्री ओलीले समस्या समाधानको लगि सम्बन्धि निकायलाई निर्देशन दिने प्रतिवद्धता व्यक्त गरेको नेता अहमदले जानकारी दिए ।