पर्सा युथ फेस्ट प्रतियोगिता सम्पन्न : एनआई कलेज “स्कूल अफ दी इयर घोषित

428

 

पुस ९ वीरगन्ज, आनन्द पटेल

एल डब्लुई इभेन्ट एण्ड म्यानेजमेन्ट वीरगञ्जको आयोजनामा पर्सा युथ फेस्ट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । तीन दिनसम्म चलेको अन्तर विद्यालय प्रतियोगिता ज्ञान्दा एकाडेमी स्कूलको सभा हलमा सम्पन्न भएको हो । विद्यार्थीहरूको क्षमता अभिवृद्धिका साथै गायन, नृत्य र बहस जस्ता अतिरिक्त क्रियाकलापहरूमा पनि उनीहरूको विकास होस् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको एल डब्लुई इभेन्ट एण्ड म्यानेजमेन्टका प्रोग्राम कोडिनेटर आकाश चौहानले जानकारी दिए ।

३ दिनसम्म चलेको विभिन्न प्रतियोगिताहरूमा नृत्य तर्फ नेपाल कावेरी एकाडेमी स्कूलले प्रथम स्थान हासिल गरेको छ। यसैगरी अल्पाइन सेकेण्डरी स्कूल दोस्रो स्थान प्राप्त गरेको छ भने मुन लाइट सेकेण्डरी स्कूल तेस्रो स्थान हासिल गरेको छ। यसैगरी पोयट्री तर्फ नेपाल कावेरी एकाडेमी स्कूल प्रथम स्थान हासिल गरेको छ । साथै ज्ञान्दा एकाडेमी स्कूल दोस्रो स्थान हासिल गर्न सफल भएको छ भने ब्राइट पब्लिक स्कूल तेस्रो स्थान हासिल गरेको छ।

प्रतियोगितामा बुद्धिचाल ९चेस० खेल तर्फ नेशनल इन्फोटेक कलेज प्रथम स्थान हासिल गरेको छ। त्यस्तै मुनलाइट माध्यमिक विद्यालय दोस्रो स्थान हासिल गरेको छ भने अल्पाइन सेकेण्डरी स्कूल तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । यसैगरी क्विज ९ सामान्य ज्ञान० कम्पिटिसनमा सौउथजोन माध्यमिक विद्यालय प्रथम स्थान हासिल गरेको छ। त्यस्तै सिद्धार्थ माध्यमिक विद्यालय दोस्रो स्थान हासिल गर्न सफल भएको छ भने ज्ञान्दा एकाडेमी स्कूल तेस्रो स्थान प्राप्त गरेको छ । यसैगरी वादविवाद प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालय प्रथम, अल्पाइन सेकेण्डरी स्कूल दोस्रो र माइस्थान विद्यापीठ तेस्रो भएको छ।

प्रतियोगिता अन्तर्गत विज्ञान ९ साइन्स० क्रियाकलापमा नेशनल इन्फोटेक कलेज प्रथम, माइस्थान विद्यापीठ दोस्रो र नेपाल कावेरी एकाडेमी स्कूल तेस्रो भएको छ। यसैगरी गायन तर्फ साउथजोन माध्यमिक विद्यालय प्रथम, नेशनल इन्फोटेक कलेज दोस्रो र ज्ञान्दा एकाडेमी तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले शिल्ड, मेडल र प्रमाणपत्रले सम्मानित गरेका थिए।

 

साथै प्रतियोगितामा स्कूल अफ दी इयर नेशनल इन्फोटेक कलेज प्रथम र नेपाल कावेरी एकाडेमी स्कूल दोस्रो भएको छ। प्रथम भएको नेशनल इन्फोटेक कलेजका विद्यार्थीहरुलाई त्रीसला फेमिली रेस्टुरेन्ट होटलमा ३० प्रतिशत र दोस्रो भएको कावेरी एकाडेमी स्कूललाई २० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजक संस्थाका आकाश चौहानले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले विद्यार्थीहरु नै आफ्नो ठूलो शक्ति रहेको बताए । उनले आजको यस कार्यक्रमले विद्यार्थीहरुमा नयाँ प्रतिभाको विकास भएको देखेर आफू पनि धेरै गौराणभिक भएको बताए । प्रमुख अतिथि सिंहले आफ्नो नेतृत्वको सरकारले शिक्षामा धेरै सुधार भएको र त्यसको नतिजा पनि आउन शुरू भइसकेको हुनाले एक चोटी सरकारी विद्यालयमा पनि गएर अनुगमन गर्न सबैलाई आग्रह गरे । उनले आज यस कार्यक्रममा विज्ञानको क्षेत्रमा हाम्रा विद्यार्थीहरुले सोच्नै नसकिने खालको सामग्री उत्पादनले आफूहरुलाई धेरै प्रभावित पारेको बताए । साथै उनले विज्ञानको क्षेत्रमा पनि वीरगन्ज महानगरपालिका यो संस्थासँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथी नेपाली कांग्रेस पार्टीका क्षेत्रीय सभापति अरविन्द गुप्ताले यो कार्यक्रममा आएर आफू निकै प्रभावित भएको बताए । उनले हाम्रा विद्यार्थीहरुमा निकै प्रतिभाहरू रहेको र अझ यस्ता प्रतियोगिताहरू सञ्चालन भएमा विद्यार्थीहरुमा गायन, नृत्य, बहस जस्ता विषयमा अझ बढी ज्ञान प्राप्त हुने बताए । यसैगरी कार्यक्रमका विशिष्ट अतिथी मोहित ग्रुपका मयानेजीङ डाइरेक्टर डाक्टर सुबोध गुप्ताले यो कार्यक्रमले विद्यार्थीहरुमा नयाँ प्रतिभाको विकास भएको बताए । साथै उनले यस्ता प्रतियोगिताहरूमा आफू सक्दो सहयोग गरिरहने प्रतिबद्धता जनाए । साथै कार्यक्रमका अर्का विशिष्ट अतिथी नेपाली कांग्रेस पार्टीका यूवा नेता कञ्चन झाले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा नयाँ प्रतिभाको विकास हुँदै जाने र आफूलाई आफ्ना विद्यार्थीहरुमाथी धेरै गर्भ लागेको बताए ।

प्रतियोगितामा तुलास इन्सिच्युट देहरादूनले एजुकेसन पार्टनरको रूपमा सहयोग गरेको थियो भने सह आयोजक अंकुश दैनिक रहेको थियो । यस्तै प्रतियोगितामा सहयोग गरेका विभिन्न संघ संस्थालाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, राष्ट्रिय समाचार समितिका प्रमुख हिमाल लम्साल, जसपा नेपाल पार्टीका यूवा नेता तबरेज अहमद, वीरगंज महानगरपालीकाका वडा अध्यक्षहरु शुसिल कुमार कानु, रितेश गुप्ता, ज्ञान्दा एकाडेमी स्कुलका सिईओ राजेन्द्र कोईराला, धुर्वसिंह ठकुरी, समाजसेवी दिलिपराज कार्की सिटी डान्स एकाडेमीका सञ्चालक तथा सञ्चारकर्मी राजन रौनियार, सञ्चारकर्मी बिमला गुप्ता, वीरगन्ज महानगरपालिका वडा नं ८ र १० का वडा अध्यक्षहरु, विभिन्न स्कूल , कलेजका शिक्षक शिक्षिका लगायत विद्यार्थीहरूको सहभागीता रहेको थियो । सो कार्यक्रम एल डब्लुई इभेन्टका सञ्चालक विकास चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सञ्चारकर्मी आनन्द पटेलले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.