राष्ट्रिय स्तर बुद्धिचाल प्रतियोगितामा बीरगंजबाट मुनलाइट दोस्रो स्थान हासिल गर्न सफल

19

वीरगञ्ज– हालै काठमाडौं सम्पन्न करिब १०६ भन्दा धेरै देशभरि बाट बुद्धिचाल प्रतियोगितामा बीरगंजबाट मुनलाइट दोस्रो स्थान हासिल गरेकोमा आज बिधालयले विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो ।

मुनलाइट माध्यमिक बिधालयका प्रिन्सिपल श्याम केसीको अध्यक्षता तथा बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सो सम्मान कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख सिंहले बीरगंजलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन यस्तो नमुना खेल खेलेर बैभव बीरगंज बनाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

उनले भने आज देशभरिका करिब १०६ वटा बिधालयका विद्यार्थीहरुसंग बुद्धिचाल प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना समेत दिनुभएको छ। आफुले बीरगंजलाई बैभव बीरगंज बनाउन लागि परेकोमा विद्यार्थीहरु र नगरबासीहरुले सहयोग गर्न अपिल गर्नुभएको हो । उनले भने असम्भव भनेको यो दुनियाँमा केही छैन तर आफुले चाहाना पनि राख्न जरुरी हुन्छ भनेर बताएका छन् ।

मुनलाइट स्कुलका विद्यार्थीहरुले बीरगंजलाई उच्चाइमा पुर्‍याउन भन्दै आगामी दिनहरुमा थप सफलताको कामना गदै आफुले गर्नुपर्ने सहयोग जारी रहने प्रतिबद्धता जनाउनु भएको छ।वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया,पुर्व उपाध्यक्ष युवराज खड्का ,डाक्टर निरज सिंह ,प्रेस सेन्टर नेपालका केन्द्रीय जगत राई, सामुदायिक सेवा केन्द्र कुमाहालटोलका अध्यक्ष रमेश चौधरी ,बीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाइ,पत्रकार उज्ज्वल घिमिरे ,डाक्टर भाष्कर कुशवाहा, विनोद कुर्मी लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा स्वागत मनतब्य मुनलाइट माविका डाइरेक्टर शुलभ केसीले गर्नुभएको थियो भने सहजिकरण पत्रकार सुर्य विकले गरेका थिए। विद्यार्थीहरुलाई प्रमाणपत्रले सम्मानित गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.