लस एन्जलसको जंगलमा लागेको आगो नियन्त्रण बाहिर

10

एजेन्सी । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको डढेलो नियन्त्रणमा लिन कठिन हुँदै गएको छ । सयौं अग्नी नियन्त्रक, विमान र हेलिकप्टर समेत परिचालन गर्दा पनि डढेलो नियन्त्रण बाहिर गएकोले आगो झन फैलन सक्ने आकंलन गरिएको छ ।

लस एन्जलसको आगजनी पूर्वानुमानकर्ताहरूले आजदेखि डढेलो अझै तीव्र गतिमा फैलिएर थप क्षति गर्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी जारी गरिएको छ । लस एन्जलसको जंगलमा केही दिनदेखिको डढेलो पालिसेड्स, ईटन, हस्र्ट, वुड्ली हुँदै हलिवुड हिल्ससम्म पुगेको छ ।

आगजनी सम्बन्धी प्राविधिक अधिकारीहरुले तीव्र रुपमा फैलिएर नियन्त्रण बाहिर गएको आगलागीलाई विनाशकारी डढेलोको संज्ञा दिएका छन् । डढेलोले ठूलो मानवीय क्षति भएको अनुमान रहेपनि अहिलेसम्म पाँच जनाको ज्यान गएको पुष्टि भएको छ । आगलागीका कारण लाखौं मानिस प्रभावित भएको र हजारौँ संरचना ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् ।

यसैबीच आगलागीबाट जोगिन सुरक्षित क्षेत्रमा स्थानान्तरण हुने क्रममा केही घरहरुमा लुटपाट भएको छ । लुटपाटको आरोपमा २० जनालाई पक्राउ गरिएको छ ।

Leave A Reply

Your email address will not be published.