लायन्स क्लब अफ संस्कृती गोल्डद्वारा वीरगञ्ज कपडा बैंकलाई कपड़ा सहयोग

189

 

वीरगञ्ज, ३ असार , वीरगन्ज

सामाजिक उत्तरदायित्व र मानव सेवा भावनाले प्रेरित हुँदै लायन्स क्लब अफ संस्कृती गोल्ड, वीरगञ्जले, वीरगञ्ज कपडा बैंकलाई कपडाको महत्वपूर्ण सहयोग गरेको छ। क्लबका अध्यक्ष रितिका जैसवालको अगुवाइमा क्लबले १० झोला कपडा वीरगञ्ज कपडा बैंकको कार्यालयमा पुगेर अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेको हो।

 

सहयोग हस्तान्तरण कार्यक्रममा क्लबकी सदस्य नितु गुप्ता, कपडा बैंकका सचिव कन्हैया पटेल, सदस्यद्वय निला राम र नवराज भट्टराई, साथै कर्मचारी शोभा देवीको पनि सक्रिय सहभागिता रहेको थियो।

 

सो अवसरमा अध्यक्ष जैसवालले वीरगञ्ज कपडा बैंकले विगतका वर्षहरूदेखि बाढी, आगलागी लगायतका विपद्‌मा परेका तथा आर्थिक रूपले कमजोर परिवारलाई लक्षित गर्दै निरन्तर निस्वार्थ सेवा दिँदै आइरहेको कार्यको प्रशंसा गर्दै भनिन्,

“हामीले आज केही कपडा लिएर हातेमालो गरेका छौं। चाडपर्व नजिकिँदै गर्दा धेरै असहाय र विपन्न नागरिकले नयाँ कपडा किन्न सक्दैनन्। उनीहरूलाई आत्मसम्मानपूर्वक सहयोग पुर्‍याउने यो प्रयास निकै सकारात्मक छ। आगामी दिनमा पनि क्लबले यस्ता कार्यहरूमा निरन्तर साथ दिनेछ।”

कपडा बैंकका सचिव पटेलले “तपाईं संग धेरै छ भने हामिलाई दिएर जानुहोस्, र तपाईंसंग छैन वा आवश्यकता छ भने हामीसँग निशुल्क लिएर जानुहोस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै बैंकले सेवा गर्दै आइरहेको उल्लेख गरे। उनले बैंकले केवल कपडा वितरणमा मात्रै होइन, बाढी, आगलागी लगायत आपतकालीन अवस्थाहरूमा खाद्यान्नसहित अन्य आवश्यक सामाग्री समेत पीडितको घरदैलोमा पुगी वितरण गर्दै आएको जानकारी दिए।

पटेलले अहिले आगलगीको मौसम भएकोले सबैमा सचेत रहन आग्रह गर्दे धोबनी गाउँपालिकामा चटयांगबाट आगलगी भई घर बिहिन भएका पीड़ित असेश्वर दासलाई आर्थिक सहयोग गर्न अनुरोध गरे।

लायन्स क्लब अफ संस्कृती गोल्डले विगतमा पनि शिक्षा, स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापनमा उल्लेखनीय सेवा पुर्‍याउँदै आएको छ। यसपटकको कपडा सहयोग कार्यले संस्थाको सामाजिक उत्तरदायित्व र सेवाभाव अझ प्रस्ट पारेको छ। वीरगञ्ज कपडा बैंक र क्लबको यो सहकार्यले मानवता र सहयोगको भावना झन सुदृढ बनाएको अनुभूति सहभागीहरूले गरेका थिए।

Leave A Reply

Your email address will not be published.