सप्तरङ्गी दीपावली र छठले सबैको जीवनमा खुसी ल्याओस् : माउन्ट मकालु

52

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–१०, अशोक बाटिकामा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलले नेपालीहरूको महान् पर्व दीपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण वीरगञ्जवासी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवले विद्यालयप्रति अभिभावक, विद्यार्थी तथा वीरगञ्जवासीले देखाउँदै आएको विश्वास, साथ र मायाप्रति आभार व्यक्त गर्दै यही विश्वासले विद्यालयको शैक्षिक यात्रालाई निरन्तर अगाडि बढ्न प्रेरणा प्रदान गरिरहेको बताउनुभएको छ।

उहाँले दीपावली तथा छठ पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस् भन्ने कामना गर्दै सम्पूर्ण विद्यार्थी, अभिभावक, इष्टमित्र तथा शुभचिन्तकहरूमा पर्वको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

प्रिन्सिपल श्रीवास्तवले दीपावलीका सप्तरङ्गी रङहरूले जीवनलाई सुन्दर बनाएझैँ नेपाली समाज पनि विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिले सजिएको सुन्दर फूलबारी भएको उल्लेख गर्नुभयो। उहाँले विविधतामा एकता नै नेपाली समाजको विशेष पहिचान भएको बताउँदै सबैले एकअर्काको धर्म, संस्कृति, परम्परा र आस्थाको सम्मान गर्दै चाडपर्व हर्षोल्लास तथा आपसी सद्भावका साथ मनाउन आग्रह गर्नुभएको छ।

विद्यालय परिवारले दीपावली तथा छठ पर्वले समाजमा आपसी भाइचारा, प्रेम, सद्भाव र एकतालाई थप बलियो बनाउँदै सबैको घरपरिवारमा सुख, शान्ति, समृद्धि र खुसी छाओस् भन्ने कामना गरेको छ।

Leave A Reply

Your email address will not be published.