गाउँमै विशेषज्ञ उपचार सेवा पुर्‍याउने लक्ष्यसहित महेन्द्र प्रसाद स्मृति प्रतिष्ठानद्वारा नियमित स्वास्थ्य शिविर सुरु

61

वीरगञ्ज आनन्द पटेल।

पर्साको बहुदरमाई नगरपालिका–२, बैरिया बिर्तामा महेन्द्र प्रसाद स्मृति प्रतिष्ठानले स्थानीय नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नियमित स्वास्थ्य सेवा सुरु गरेको छ।

प्रतिष्ठानले आज एक कार्यक्रम आयोजना गरी विशेषज्ञ चिकित्सक मार्फत स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो। उद्घाटन डा. प्रमोद कुमार कुशवाहाले गर्नुभएको थियो।

प्रतिष्ठानका अध्यक्ष अनिल कुमार कुशवाहाका अनुसार अब प्रत्येक महिनाको पहिलो र अन्तिम शनिबार बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइनेछ।

स्वास्थ्य सेवा अन्तर्गत हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सन्तोष कुमार साह, युरोलोजिस्ट (मूत्ररोग विशेषज्ञ) डा. अशोक राज कुशवाहा र जनरल सर्जन (सामान्य शल्यचिकित्सक) डा. विकास गुप्ताले सेवा प्रदान गर्नुहुनेछ।

स्थानीय स्तरमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने र स्थानीय नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्याब्सन महानगरका सचिव अमित आलोक, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा युवाहरूको उपस्थिति रहेको थियो।

प्रतिष्ठानले नियमित रूपमा सञ्चालन गर्ने यस सेवाबाट स्थानीय बासिन्दाले समयमै स्वास्थ्य परामर्श तथा विशेषज्ञ चिकित्सकीय सेवा प्राप्त गर्ने विश्वास लिइएको छ।

Leave A Reply

Your email address will not be published.