वीरगन्जमा विशाल गहवामाई रथयात्रा : उर्लिए भक्तजनहरु

81

 

वीरगन्ज : वीरगन्जको प्रमुख शक्ति पीठ गहवामाई मन्दिरबाट आज विशाल ‘गहवामाई रथयात्रा’ निकालिएको छ ।

मन्दिर पुनर्निर्माण भएको १३ औँ वर्षको उपलक्ष्यमा ‘गहवामाई रथयात्रा’ निकालिएको हो । मन्दिरमा विशेष पूजापछि सुरु भएको रथयात्राले नगरका विभिन्न स्थानको परिक्रममा गर्दैछ ।

रथयात्रामा लाखौँ भक्तजन सहभागी भएका छन् । सहभागीहरूले भगवा र रातो रंगको लुगा लगाएर गहवामाईको जयजयकार गरिरहेका छन् ।

आजै मन्दिर प्राङ्गणमा फर्किएर समापन हुने र त्यसपछि धार्मिक भजनकीर्तन आयोजना गरिने तयारी गरिएको छ । मन्दिर परिसरमा शनिवार साँझ रथयात्राको प्रसाद वितरणका लागि ‘महाभण्डारा’को आयोजना गरिनेछ ।

‘गहवामाई रथयात्रा’ यात्राका लागि आज वीरगञ्ज महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिएको छ ।

Leave A Reply

Your email address will not be published.