बाढीमा फसेकालाई नेपाली सेनाबाट उद्धार

67

काठमाडौं, असार २४ गते । रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिँदा बाढीमा फसेकाहरूको नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेनाको हेलिकोप्टरबाट पीडितहरूको उद्धार गरिएको हो ।

सेनाका अनुसार नेपाल चीन सिमानाको लेन्दे खोला हुँदै भोटेकोशी नदीमा बाढी आएपश्‍चात नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले सो उद्धार गरेको हो ।

उद्धारमा अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहभागितामा टिमुरे इलाकाबाट नौजनाको सकुशल उद्धार गरिएको हो ।

हेलिकप्टरबाट त्रिशूली इलाकामा रुखमा बसी ज्यान जोगाइरहेका थप दुईजनाको उद्धार गरेको छ । साथै हराइरहेकाहरूको पनि पनि खोजी कार्य जारी छ ।

Leave A Reply

Your email address will not be published.