वीरगञ्जका क्रिकेटर आरिफ शेख अब सहायक हवल्दार

70

काठमाडौं, २३ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ अलराउन्डर आरिफ शेख लाई विभागीय बढुवा गरिएको छ।

वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका स्थायी बासिन्दा शेख प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन्।

नेपाल पुलिस क्लब को कप्तानी गर्दै उनले लगातार दुई पटक जय ट्रफीको उपाधि जिताएका छन् भने प्रो क्लब च्याम्पियनसिपमा समेत विभागलाई उपाधि दिलाउन सफल भएका छन्। साथै, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई पदोन्नति गरिएको जनाइएको छ।

पदोन्नतिसँगै आगामी सिजनका लागि क्लबका खेलाडीहरूलाई खेलकुद सामग्री समेत वितरण गरिएको छ।

Leave A Reply

Your email address will not be published.