निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सम्पन्न

452

फाल्गुन ७, वीरगन्ज
पर्साको बिन्दबासिनी गाउँपालिकाको सहयोगमा दुई महिने निशुल्क लोकसेवा आयोग तयारी कक्षा बिरगंजको संकल्प लोक सेवा आयोग तयारी कक्षा बिरगंजमा सम्पन्न भएको छ । लोक सेवा आयोगमा अभिरुची राख्ने र परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालन गरिएको कार्यक्रम आज एक कार्यक्रमका विच समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै बिन्दबासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले निजामती सेवामार्फत जनताको सेवा गर्न ईच्छुक विद्यार्थीहरुलाई आधार स्तम्भ निर्माणका लागि कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनले उत्साह र मेहनतका साथ अध्ययन गरेर लोक सेवा आयोगको परिक्षामा उत्तिर्ण गरि निजामती सेवामा लाग्न आग्रह गरेब। आगामी दिनमा पनि विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता अध्यक्ष तिवरीले व्यक्त गरे ।

बिन्दबासिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले लोक सेवा आयोगको सामान्य आधारभुत ज्ञान बारे जानकारीका लागि कक्षा सञ्चालन गरिएको भन्दै निजामती सेवामा प्रवेशका लागि अझ मेहनतका साथ अध्ययन गर्न आग्रह गरे । निजामती सेवामा काम गर्ने यस क्षेत्रको कर्मचारी रहेको बताउँदै यसका लागि गाउँपालिकाले थप कार्यक्रम सञ्चालन गर्ने बताए।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख कपिल लामिछानेले पछिल्लो समय विद्यार्थीहरु बैदेशिक रोजगारीमा जानु भन्दा लगनशिलताका साथ अध्ययन गरेर निजामति सेवा मार्फत जनताको सेवामा लाग्न आग्रह गरे ।

कार्यक्रममा सहभागि विद्यार्थीहरुले गाउँपालिकाले निःशुल्क रुपमा लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

तयारी कक्षामा गाउँपालिका भित्रका करिब ९० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.