नेसनल एकेडेमी क्याम्पस द्वारा २५ औ वार्षिकोत्सबको अवसरमा नगवाको विद्यालयमा कपडा सहयोग

116

नेसनल एकेडेमी क्याम्पसले २५ औ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अनुसार वीरगन्ज १६ नगवामा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरि कक्षा १० मा अध्ययनरत विद्यार्थी भाई बहिनिहरुलाई ३५ थान नया कपडा वितरण गरेको छ । भारतीय दुतावास वीरगन्जको पुर्वपट्टी अवस्थित नेसनल एकेडेमि क्याम्पसका प्रमुख केदार प्रसाद साहको नेतृत्वमा एवं वरिष्ठ समाजसेवी प्रकाश कुमार उपाध्यायको बिशेष सहभागितामा सम्पन्न भएको सो कार्यक्रममा कलेजका निर्देशक राजकुमार सहनी,ठाकुरराम क्याम्पसका प्राध्यापक इन्दु शंकर मिश्र,वडा १६ का वडा सदस्य लवनी देवि,स्कुलका शिक्षक अजय साह,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , स्थानिय समाजसेवी हरेन्द्र यादव,कलेजका लाइब्रेरीयन सुरज शर्मा लगायत स्कुलका शिक्षकहरु गिता ठाकुर,मनोज चौरसिया, नेसनल एकेडेमी क्याम्पसका विद्यार्थीहरु सुमित गुप्ता,प्रदिप ठाकुर,कुणाल कुमार र स्कुलका विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा वरिष्ठ समाजसेवी अधिवक्ता उपाध्यायले हाम्रो मुल सम्पती शिक्षा नै हो त्यो नै हाम्रो र समाज देशको विकासको आधार हो जस्ले हामी सबैलाइ मजबुत बनाउछ अगाडि बढाउदछ र नगवामा रहेको विद्यालयको नाम तपाइहरुले आफ्नो पढाईले देशमै अग्रस्थानमा ल्याउन कम्मर कसनुस म तपाईहरुको साथमा छु र अन्य सहयोगहरु लियेर फेरि फेरि आउने प्रतिबद्धता जनाउदै कलेजले आफ्नो २५ औ वार्षिकोत्सब मनाउने क्रममा हाम्रा छोरिबेटीलाई नया कपडा सहयोग दिएकोमा आफू निकै खुशी भएको बताउदै कलेज परिवारलाई हार्दिक बधाई र स्कुलमा अध्ययनरत विद्यार्थी बहिनिहरुको उज्ज्वल भविस्यको शुभकामना ब्यक्त गर्नु भयो ।

सो अवसरमा कलेजका प्रमुख साहले कलेजको वार्षिकोत्सब विभिन्न कार्यक्रम गरि मनाउदा सानो सहयोग लिएर तपाईहरुको माझ आउन पाउँदा हामी निकै खुशी भएका छौ यो मायनेमा पनि कि हामी हाम्रो समाज देश कहिल्यै पनि अगाडि बढन सक्दैन समृद्धि प्राप्ती गर्न सक्दैन जब सम्म कि हाम्रो छोरी बेटिहरु पढदैनन र अगाडि बढदैनन त्यसैले यहाँ आउदा बढी खुशी लागेको र तपाईहरुको शिक्षकहरु लाइ मैले पढाएको छु उहाँ मेरो जेहेन्दार विद्यार्थी हुनुहुन्थ्यो र आज यहाँ शिक्षाको ज्योती फैलाएको हेर्दा मलाइ अत्यधिक खुशी लाग्नु का साथै गौरवान्वित भएको छु भन्दै तपाईहरु शिक्षा प्रती अत्यधिक चासो राखी ज्ञान आर्जन गर्नुस भोलि तपाई कुनै बिधालयमा शिक्षक हुनुहुन्छ अनि त्यहा तपाईहरुको गुरु आयेर तपाईमाथी गर्व गर्नेछन भन्दै यस स्कुलको साथमा कलेज परिवार रहेने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सो कार्यक्रममा विधालयका शिक्षण अजय साहले म तपाइको गुरु तर उहाहरु हामिसबैको भाग्य बिधाता गुरुहरु हुनुहुन्छ र उहाहरु यहाँ आउनु भनेको हाम्रो लागि निकै गर्वको कुरो भएको भन्दै भावुक भएर उहाको शिक्षा उपदेशलाई अर्ति मानी आआफ्नो जिवनमा अपनाउन आग्रह गरदै माया को रुपमा नया कपडाको लागि हार्दिक आभार ब्यक्त गरि नेसनल कलेज परिवालाइ २५ औ वार्षिकोत्सबको बधाई शुभकामना र धन्यवाद दिएका थिए ।

🙏

Leave A Reply

Your email address will not be published.