पर्सा प्रहरीको अपरेशन : फरार अभियुक्त पक्राउ गरी अदालतमा पेश
वीरगञ्ज, पर्सा आनन्द पटेल ।
दुई वर्षदेखि अदालतको फैसलापछि फरार रहेका एकजना अभियुक्तलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका–१६ निवासी २३ वर्षीय अविन कुमार साहलाई पक्राउ गरेको हो।
अदालतको आदेश अनुसार साहले २०७९ साल मंसिर १२ गते जिल्ला अदालत पर्साबाट दुई वर्ष कैद सजाय र रु। १,४४,४०,००१ ९एक करोड चवालीस लाख चालीस हजार रुपैयाँ० जरिवाना भोग्नु पर्ने फैसला भएको थियो। उक्त फैसला कार्यान्वयन नगरी फरार रहेका साहलाई प्रहरीले वीरगञ्जमा लुकीछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका साहमाथि अदालतको आदेश कार्यान्वयनका लागि आवश्यक कारबाही अगाडि बढाइएको छ। “फरार अभियुक्त पक्राउ गर्ने कार्यलाई थप प्रभावकारी बनाउने अभियान अन्तर्गत साहलाई पक्राउ गरिएको हो,” डिएसपी बस्नेतले बताए।
“फरार अभियुक्तहरू जसरी भए पनि पक्राउ पर्ने छन्, यो प्रहरीको प्रतिबद्धता हो,” उनले थपे। यस अघि पनि पर्सा प्रहरीले फरार अभियुक्तहरूलाई नियन्त्रणमा लिने अभियानलाई निरन्तरता दिँदै आएको छ।