राम–सीता विवाह महोत्सवले मिथिला क्षेत्र उल्लासमय

29

जनकपुर। भगवान राम र माता सीताको पवित्र विवाह उत्सव विवाहपञ्चमी नजिकिँदै गर्दा मिथिला क्षेत्र पूरै उत्सवमय बनेको छ। परम्पराअनुसार मङ्सिर शुक्ल पक्ष प्रारम्भसँगै अयोध्यासहित भारतका विभिन्न प्रान्तबाट साधुसन्तहरूको नेपाल प्रवेश सुरु भएको छ।

यद्यपि विवाहपञ्चमीको एक दिनअघिदेखि समूहगत रूपमा नेपाल भित्रिने परम्परा अझै निरन्तर छ। उनीहरू मटिहानीमा बास बसेपछि भोलिपल्ट जलेश्वरनाथ महादेवको दर्शन गरी पिपरामा दिवाभोज गरेर जनकपुरस्थित रङ्गभूमी र विवाहमण्डप पुग्ने चलन रहिआएको छ।

यसैबीच विवाहपञ्चमी महोत्सव सुरु भएसँगै मटिहानीदेखि जलेश्वर र जनकपुरसम्मको वातावरण अत्यन्तै उल्लासपूर्ण बनेको छ। धार्मिक कार्यक्रमको तयारी तीव्र हुँदै गएको छ भने साधुसन्त, भक्तजन र पर्यटकहरूको आवत–जावत दिनानुदिन बढ्दै गएको देखिन्छ।

मिथिलाको सांस्कृतिक पहिचान, धार्मिक आस्था र ऐतिहासिक परम्परालाई झल्काउने विवाहपञ्चमीमा सहभागी हुन देश–विदेशबाट भक्तजन निरन्तर जनकपुर आउँदै छन्।

Leave A Reply

Your email address will not be published.