बिरगंजमा बीपीएस पल्स–२ कलेजद्वारा कक्षा–११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम

89

बिरगंज । बीपीएस पल्स–२ कलेज रानीघाटले कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई लक्षित गर्दै शुक्रबार होटल भिस्वामा स्वागत समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडिओ) भोला दहाल प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले गीत, संगीत, नृत्य, नाटकलगायत विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कलेजका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न समारोहमा अतिथिहरूलाई खादा, माला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

प्रमुख अतिथि दहालले नयाँ विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै शिक्षा व्यक्तित्व विकास तथा भविष्य निर्माणको मूल आधार भएको बताए। कलेज जीवनमा प्राप्त ज्ञान, अनुशासन र सकारात्मक सोचले नै जीवनमा सफलता हासिल गर्न सकिने उनले बताए। युवाहरू जिम्मेवारी र लगनशीलतासहित अघि बढे समाज तथा राष्ट्र विकासमा महत्वपूर्ण योगदान दिन सक्ने उनले उल्लेख गरे।

कलेजका निर्देशक दीपक पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसिस बिरगंजका अध्यक्ष सरोज चौरसिया, मानव सेवा आश्रमका संस्थापक अभियन्ता देवेश प्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सह–सचिव एसके चौरसिया, अभिलाष गुप्ता, राकेश साह, आरोहन साह, प्रहलाद चौरसिया, कन्हैया पटेललगायत व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यस्तै कपडा बैंकका अध्यक्ष लालबाबू सिंह, सञ्चारकर्मी अभिनाश अधिकारी, राजेन्द्र सिंह, राजु बैठा, रोशन साह, राज कुमार, सुर्यानारायण बिकलगायतको पनि सहभागिता रहेको कलेजले जनाएको छ।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कलेजका निर्देशक सन्दिप कुश्वाहाले सम्हालेका थिए।

Leave A Reply

Your email address will not be published.