भारत लैजाँदै गरेको १२० केजी गाँजा सशस्त्र प्रहरीद्वारा नियन्त्रण

22

पौस ९ पर्सा आनन्द पटेल।

पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनीभाठा गाउँ नजिकै रहेको धुतहा खोलाको किनारबाट सशस्त्र प्रहरी बल, नेपालले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल विओपि प्रसौनीभाठाबाट खटिएको गस्ती टोलीलाई देखेपछि नेपालबाट भारततर्फ लागुऔषध बोकेर लैजाँदै गरेका केही व्यक्तिहरू आठ वटा प्लास्टिकको पोका छोडेर फरार भएका थिए। पछि ती पोकाहरू खोलेर जाँच गर्दा करिब १२० केजी लागुऔषध गाँजा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ।

बरामद गरिएको गाँजालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ।

यस सम्बन्धमा जानकारी दिँदै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेड क्वार्टर पर्साका सूचना अधिकारी  सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले लागुऔषध नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी कडा बनाइएको बताएका छन्।

Leave A Reply

Your email address will not be published.