समाजसेवी बृजेश्वर चौधरीद्वारा श्राद्धकार्यका लागि खाद्यान्न सहयोग
बिरगञ्ज, १३ पुस ।
आनन्द पटेल
जगरनाथपुर गाउँपालिका वडा नम्बर २ मा एक पीडित परिवारको श्राद्धकार्यका लागि समाजसेवी तथा मेयर पदका प्रत्याशी बृजेश्वर चौधरीले खाद्यान्न सहयोग प्रदान गरेका छन्। यही हप्ता परिवारको घरमा श्राद्धकार्य परेकाले आवश्यक सहयोगस्वरूप ३०–३० किलोका दुई बोरा चामल हस्तान्तरण गरिएको हो।
स्वर्गीय आत्माको चिरशान्ति तथा परलोकमा सद्गति प्राप्त होस् भन्ने कामनासहित गरिएको उक्त सहयोगले पीडित परिवारलाई ठूलो राहत मिलेको छ। सहयोग हस्तान्तरणका क्रममा चौधरीले आगामी दिनमा पनि विपन्न, दलित तथा पछाडि पारिएका समुदायको हितमा निरन्तर काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
उनले विकास र समानताको यात्रामा सबै वर्ग र समुदायलाई समेट्दै अघि बढ्नु नै आफ्नो मुख्य उद्देश्य रहेको बताए। “समाजमा कोही पनि अभावमा नपरोस् भन्ने भावनाले आफू निरन्तर सामाजिक सेवामा क्रियाशील रहँदै आएको छु,” उनले भने।
स्थानीयवासीहरूले समाजसेवी भावनाबाट गरिएको यस सहयोगको प्रशंसा गर्दै यस्ता कार्यले सामाजिक एकता, आपसी सद्भाव र मानवीय संवेदनालाई अझ मजबुत बनाउने बताएका छन्। बृजेश्वर चौधरी लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका व्यक्तिका रूपमा परिचित छन्।