भारतबाट चोरी पैठारी गरिएका ब्रोइलर चल्ला पर्सामा नष्ट

63

पौस २० वीरगन्ज, आनन्द पटेल

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेड क्वार्टर, पर्साबाट खटिएको टोलीले जिल्ला पर्सा, जगरनाथपुर गाउँपालिका–५, मसियानीबाट भारतबाट अवैध रूपमा चोरी पैठारी गरी ९ जना व्यक्तिहरूले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य रु. ५,००,०००/- बराबरको १०,००० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएको छ।

सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनका अनुसार नियन्त्रणमा लिइएका कुखुराका चल्लाहरू आवश्यक प्रक्रिया पूरा गरी नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेनटाइन कार्यालयका प्रतिनिधिहरूको रोहबरमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेड क्वार्टर परिसरभित्र नष्ट गरिएको हो।

Leave A Reply

Your email address will not be published.