सरस्वती पूजाको नाममा शुल्क असुली बन्द गर्न वीरगञ्ज महानगरपालिकाको कडा निर्देशन

53

विद्यार्थी र विद्यालयले हर्षोल्लासका साथ मनाउँदै आएको सरस्वती पूजाको अवसरमा अब कुनै पनि किसिमको शुल्क वा चन्दा उठाउन नपाइने भएको छ। वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज सार्वजनिक गरेको विज्ञप्तिमा सरस्वती पूजाको नाममा विद्यार्थीबाट चन्दा वा शुल्क सङ्कलन गर्ने काम तत्काल बन्द गर्न महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयलाई निर्देशन दिएको छ। विज्ञप्तिमा महाशाखा प्रमुख आनन्द लामिछानेले धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई शैक्षिक मर्यादा र उद्देश्यअनुसार सीमित राख्न आग्रह गरेका छन्।

निर्देशनमा विद्यालयहरूले सरस्वती पूजाको नाममा विभिन्न कार्यक्रम सञ्चालन गर्दै अतिरिक्त शुल्क असुल्ने गरेको गुनासो आएको उल्लेख छ। यस्तो कार्यले अभिभावक र विद्यार्थीमा अनावश्यक आर्थिक बोझ पर्ने भएकाले शिक्षा ऐन तथा नियमावलीले तोकेका शीर्षकबाहेक अन्य कुनै बहानामा रकम उठाउन नपाइने स्पष्ट गरिएको छ।

महानगरले यदि पहिल्यै कुनै शुल्क सङ्कलन भइसकेको भए अविलम्ब फिर्ता गर्नसमेत निर्देशन दिएको छ। यस कदमले विद्यालयमा अनुशासन, पारदर्शिता र स्वस्थ शैक्षिक वातावरण कायम राख्ने विश्वास महानगरले व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.