सशस्त्र प्रहरी बल नेपाल १३ गण हेडक्वाटरमा निर्वाचन प्रहरी भर्ना सुरु, २ हजार ८५२ पदमा आवेदन आह्वान

18

वीरगञ्ज । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लाका लागि २ हजार ८५२ जना निर्वाचन प्रहरी भर्ना खुला गरिएको छ। यसअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल तेह्र (१३) गण हेडक्वाटर, पर्सा तथा चिनी मिलस्थित १३ गण कार्यालयबाट आवेदन फारम उपलब्ध रहेको छ।

सम्बन्धित निकायले निर्वाचन सुरक्षामा सहभागी हुन इच्छुक तथा योग्य नेपाली नागरिकहरूलाई समयमै आवेदन फारम लिएर प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ। भर्ना प्रक्रियासम्बन्धी थप जानकारी हेडक्वाटर पर्सा तथा चिनी मिलस्थित गण कार्यालयबाट लिन सकिने जनाइएको छ।

निर्वाचनको सुरक्षालाई प्रभावकारी, मर्यादित र निष्पक्ष बनाउन निर्वाचन प्रहरीको महत्वपूर्ण भूमिका रहने भएकाले इच्छुक युवाहरूलाई अवसरको सदुपयोग गर्न आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.