सशस्त्र प्रहरी बल नं.१३ गण, पर्साले मधेश आन्दोलनका जिउँदो शहीद मन्सी पटेलको घरमा सहयोग पुर्‍यायो

58

वीरगञ्ज, पर्सा आनन्द पटेल।

२५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा जिल्ला पर्सा, बीरगञ्ज म.न.पा.–२८ बगहि बस्ने ३६ वर्षीय मन्सी पटेल (मधेश आन्दोलनका जिउँदो शहीद) को घरमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर, पर्साका गणपति सप्रउ पुरन चन्द्र भट्टले भेटघाट गरी न्यानो कपडा (कम्बल) र खाद्यान्न सामाग्री वितरण गर्नुभएको छ।

निजको घर जस्ताले छाएको ३ कोठे घरमा विद्युतको व्यवस्था नभएकोले गणपति भट्टले स.प्र.बल नेपालको तर्फबाट विद्युत प्रणाली जडान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

यसैअनुरूप आज नै नं.१३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले घरको तीनवटै कोठा र बाहिरी भागमा विद्युत वायरीङ्ग गरी पंखा समेत जडान गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेड क्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.