फेटा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४ सयभन्दा बढी लाभान्वित

137

बारा, २६ पुस आनन्द पटेल

फेटा गाउँपालिकाको आयोजनामा तथा **रिपुमर्दन गण, कलैया बाराको सहकार्यमा पुरैनिया स्वास्थ्य चौकी (गहेरिया) मा निःशुल्क स्वास्थ्य शिविर सभ्य एवं व्यवस्थित रूपमा सम्पन्न भएको छ।

फेटा गाउँपालिका प्रमुख रुस्तम अन्सारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख निलम साह विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो। साथै, स्वास्थ्य शाखाका कर्मचारीहरू, गाउँपालिकाका विभिन्न कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिविरमा ज्येष्ठ नागरिक विशेष सेवा, नाक–कान–घाँटी तथा आँखा उपचार सेवा, स्त्री रोग तथा प्रसूति सेवा तथा बाल रोग सम्बन्धी विशेष सेवाहरू प्रदान गरिएको थियो। स्वास्थ्य शिविरबाट १४०० भन्दा बढी सेवाग्राहीहरूले प्रत्यक्ष लाभ लिएको आयोजकले जानकारी दिएको छ। सो अवसरमा रिपुमर्दन गणका गणपति साथै अन्य विशिष्ट अतिथिहरुको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रभावकारी सञ्चालनमा मनोहर साह, श्याम साह लगायतको सक्रिय सहजीकरण रहेको थियो। स्थानीयवासीहरूले घर नजिकै निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा खुशी व्यक्त गर्दै आयोजक तथा सहकार्य संस्थाप्रति आभार व्यक्त गरेका छन्।

फेटा गाउँपालिकाले ग्रामीण क्षेत्रका नागरिकहरूको स्वास्थ्य पहुँच सुदृढ गर्ने उद्देश्यले यस्ता जनमुखी स्वास्थ्य कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.