‘Speak for Environment (AQI)’ कार्यक्रम सम्पन्न, रोयल एकेडेमी उत्कृष्ट प्रस्तुति र अल्पाइन सेकेन्डरी उत्कृष्ट रिपोर्टरबाट सम्मानित

161

वीरगञ्ज | आनन्द पटेल

Living With Environment – पर्सा शाखाको आयोजनामा बिहीबार “Speak for Environment (Air Quality Index–AQI)” विषयक वातावरणीय सचेतना तथा विद्यार्थी–केन्द्रित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्जस्थित BPC New Building मा आयोजना गरिएको थियो।

कार्यक्रमअन्तर्गत Best Presentation Award रोयल एकेडेमी स्कुलले प्राप्त गरेको छ। कक्षा ९ मा अध्ययनरत रोयल एकेडेमीका विद्यार्थी साजन बैठा, पारस दास, रिद्धि भायुत, सिद्धि भायुत र सोया झा ले उत्कृष्ट प्रस्तुति दिएपछि उक्त सम्मान प्रदान गरिएको हो।

यसैगरी, Best Reporter Award Alpine Secondary School ले प्राप्त गरेको छ। Alpine का कक्षा ११ मा अध्ययनरत नजिया खातुन, खुश्बु ठाकुर, साक्षी पटेल र सागर साहलाई उत्कृष्ट रिपोर्टिङका लागि सम्मान गरिएको हो।

कार्यक्रममा निर्णायकको भूमिकामा वीरगञ्ज महानगरपालिकाको Environmental and Greenery Promotion Division का अधिकृत प्रकाश बहादुर अधिकारी तथा Division Forest Office पर्साका वन अधिकृत मोहम्मद आरिफ हुसैन रहनुभएको थियो।

Living With Environment – पर्सा शाखाका अध्यक्ष लक्की कुमार बर्नवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष बासिर आलम गद्दी, सचिव अंकुश पटेल, सह–सचिव धिरज कुशवाहा, कोषाध्यक्ष सिमरन श्रीवास्तव, सह–कोषाध्यक्ष विक्की कुमार सिंह, सहयोगी शोभा कुमारी, अजित ठाकुर, मुन्ना कुमार (कार्यक्रम संयोजक), बोर्ड सदस्य रोहित यादव लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वायु गुणस्तर सूचकांक (AQI), वायु प्रदूषणको प्रभाव तथा यसको सार्वजनिक स्वास्थ्यमा पर्ने असरबारे विद्यार्थीहरूलाई जानकारी दिइनुका साथै प्रस्तुति, रिपोर्टिङ र अन्तरक्रियामार्फत उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गरिएको आयोजकले जनाएको छ।

आयोजक संस्थाले यस्ता कार्यक्रमले विद्यार्थी तथा समुदायमा वातावरणीय सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर सञ्चालन गरिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.