रौतहट–४ मा ऋषि धमला चुनावी मैदानमा, दलित, सुकुम्बासी र गरिब जनताको आवाज बन्ने प्रतिबद्धता

44

रौतहट – रौतहट जिल्ला निर्वाचन क्षेत्र नं. ४ मा आम जनता पार्टीका उम्मेदवार ऋषि धमला आफ्नो अभियानलाई विकास, सुशासन र सामाजिक समानतामाथि केन्द्रित गर्दै चुनावी मैदानमा सक्रिय छन्। उनले जनताले बारम्बार उठाएका प्रश्न—रौतहटको विकास कहिले? सुशासन कहिले लागू हुन्छ?—को जवाफ दिन आफू उम्मेदवार बनेको बताएका छन्।

धमलाले आफ्नो अभियानलाई निरन्तरता दिँदै क्षेत्रका गाउँ–बस्तीमा पुगेका छन्। उनी दलित, सुकुम्बासी, गरिब र सिमान्तकृत समुदायसँग निरन्तर भेटघाट गर्दै उनीहरूको वास्तविक समस्या बुझ्ने र समाधान खोज्ने काममा जुटेका छन्। उनी केवल चुनावी भाषणमा सीमित छैनन्, बरु जनताको घरदैलोमा पुगेर उनीहरूको आवश्यकतामा प्रत्यक्ष संलग्न हुने प्रयासमा छन्।

उहाँले भने, “जनताको मर्म बुझ्नु विकासको पहिलो आधार हो। मैले दलित, सुकुम्बासी र गरिब जनताको पीडा र अपेक्षा बुझ्ने निरन्तर प्रयास गर्दै आएको छु। म रौतहट–४ को आम जनताको आवाज बन्न चाहन्छु र उनीहरूको जीवनस्तर सुधारमा सक्रिय भूमिका निर्वाह गर्नेछु।”

धमलाले नयाँ सोच, नवप्रवर्तन र दिगो विकासको मार्गदर्शनमा काम गर्ने आफ्नो स्पष्ट प्रतिबद्धता जनाएका छन्। उनका अनुसार, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, सडक विकास र आधारभूत सेवामा सुधार ल्याउनु अभियानको मुख्य लक्ष्य हो।

उनले मतदातालाई आग्रह गरेका छन्, “समृद्धिको गन्तव्य पहिल्याउन यसपटक आम जनता पार्टीको चुनाव चिन्ह ‘मोबाइल फोन’ मा मतदान गरौँ। हामी केवल चुनाव जित्ने पक्षमा होइन, जनता सँग जोडिने र उनीहरूको वास्तविक समस्या बुझ्ने पक्षमा छौँ।”

स्थानीय जनताको प्रतिक्रिया अनुसार, धमलाको निरन्तर जनसम्पर्क, दलित र सिमान्तकृत समुदायसँगको सक्रिय संवादले रौतहट–४ मा वैकल्पिक राजनीति र नयाँ नेतृत्वप्रति उत्साह र आशा बढाएको छ। यसले उनलाई क्षेत्रको “जनताको विश्वास पात्र”को रूपमा प्रस्तुत गरेको छ।

धमलाको अभियान केवल चुनावी प्रचार होइन, बरु समुदायलाई सशक्त बनाउने, जनताको समस्या बुझ्ने र समाधानमा कार्यान्वयन गर्ने उद्देश्यमा आधारित रहेको देखिन्छ। उनका समर्थकहरू भन्छन्, “उहाँले क्षेत्रको वास्तविक आवश्यकतालाई पहिलो प्राथमिकता बनाउनु भएको छ। यही कारणले आम जनता उहाँलाई भरोसा गर्छन्।”

Leave A Reply

Your email address will not be published.