पर्साका सबै वडामा जनमत पार्टीको अधिवेशन, पर्यवेक्षक खटाउने निर्णय

39

वीरगन्ज, भदौ ७ गते । जनमत पार्टी पर्साको जिल्ला समन्वय समितिको बैठक माइस्थान अतिथि सदन, वीरगन्जमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै वडामा संगठन विस्तार तथा वडा अधिवेशनलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ।

बैठकले पर्साका सबै वडाको अधिवेशन सम्पन्न गर्ने उद्देश्यले प्रत्येक वडामा पर्यवेक्षक खटाउने निर्णय गरेको छ। खटाइएका पर्यवेक्षकले सम्बन्धित वडामा संगठनात्मक गतिविधि, अधिवेशनको तयारी तथा आवश्यक समन्वय गर्ने जनाइएको छ।

बैठकमा पार्टी संगठनलाई वडा तहसम्म थप सुदृढ बनाउँदै स्थानीय जनताका समस्या तथा स्थानीय मुद्दालाई प्राथमिकताका साथ उठाउने विषयमा समेत छलफल भएको थियो। निर्धारित कार्ययोजनाअनुसार वडा अधिवेशन सम्पन्न गरी पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ।

बैठकमा पार्टीको राजनीतिक समितिका सदस्य सिपु तिवारी, केन्द्रीय सदस्यहरू अधिवक्ता हरिहर प्रसाद साह, श्यामशंकर चौरसिया, राजेश चौरसिया, सुजित चौरसिया र बबिता पिडासैनीको उपस्थिति रहेको थियो।

त्यस्तै प्रदेश सदस्यहरू मोहम्मद अब्दुल हवारी र राजनारायण मिश्र, जिल्ला पदाधिकारीहरू नागेन्द्र गुप्ता, फुलेना कुशवाहा, राजुराज गिरी, सत्युग साह र जमिला खातुन, युवा जिल्ला अध्यक्ष मनोज साह, महिला अध्यक्ष अञ्जना गुप्तासहित विभिन्न पालिका अध्यक्ष तथा पार्टीका जिम्मेवार नेता–कार्यकर्ताहरू बैठकमा सहभागी भएका थिए।

Leave A Reply

Your email address will not be published.