युवाको नेतृत्वमा परिवर्तन: पर्सा–२ विन्दवसनीमा रास्वपाको सक्रिय घरदैलो

34

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने विन्दवसनी क्षेत्रमा नेपाल जनता पार्टीद्वारा आयोजना गरिएको घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरू तथा स्थानीय जनमानसको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले क्षेत्रीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

घरदैलो अभियानका क्रममा “हर हर कमल, घर घर कमल” भन्ने चुनावी नारासहित पार्टीका नेता–कार्यकर्ताहरू स्थानीय बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो, जसले विकास र नयाँ राजनीतिक नेतृत्वतर्फ जनचासो बढ्दै गएको संकेत गरेको सहभागीहरूको भनाइ छ।

कार्यक्रममा पार्टीका प्रतिनिधिहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र युवामैत्री नीति पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गरे। स्थानीय समस्याको पहिचान गर्दै तिनको समाधानका लागि संसददेखि सडकसम्म आवाज उठाइने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

नेपाल जनता पार्टीले आगामी दिनहरूमा पर्सा–२ का अन्य क्षेत्रमा समेत घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.