प्याब्सन पर्सा टी–२० क्रिकेट: छैठौं दिन मनकामना, ओम नेशनल र एमईएस विजयी

65

पर्सा। प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत छैठौं दिन तीनवटा खेल सम्पन्न भएका छन्। सबै खेलहरू १५–१५ ओभरमा आधारित रहेका थिए।

मनकामना माविको फराकिलो जित

छैठौं दिनको पहिलो खेलमा मनकामना माध्यमिक विद्यालयले बीरगन्ज पब्लिक स्कूललाई ९८ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको मनकामनाले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १४६ रन बनायो।

जवाफी ब्याटिङमा उत्रिएको बीरगन्ज पब्लिक स्कूल मनकामनाको कडा बलिङ सामु टिक्न सकेन र ७ विकेट गुमाउँदै ४८ रनमै सीमित भयो। मनकामनाका अबुबक्कर समानी उत्कृष्ट प्रदर्शनका कारण म्यान अफ द म्याच घोषित भए।

ओम नेशनलको संघर्षपूर्ण जित-

दोस्रो खेलमा ओम नेशनल स्कुलले जीवन ज्योति माध्यमिक विद्यालयलाई १५ रनले पराजित गर्‍यो। टस जितेर ब्याटिङ गरेको ओम नेशनलले सबै विकेट गुमाउँदै १०० रन जोड्यो।

१०१ रनको लक्ष्य पछ्याएको जीवन ज्योति टोलीले निर्धारित ओभर पूरा खेले पनि ८५ रन मात्र बनाउन सक्यो। ओम नेशनलका अरविन्द कुमार साह म्यान अफ द म्याच बने।

एमईएसको प्रभावशाली प्रदर्शन

छैठौं दिनको अन्तिम खेलमा एमईएसले फुर्कान एकेडेमीलाई ५० रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको एमईएसले १५ ओभरमा ६ विकेट गुमाउँदै १०५ रन बनायो।

जवाफमा फुर्कान एकेडेमी ९ विकेटको क्षतिमा ५५ रनमै सीमित भयो। एमईएसका एजाज खान उत्कृष्ट प्रदर्शनका कारण म्यान अफ द म्याच घोषित भए।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी विद्यालयहरूबीचको प्रतिस्पर्धा दिनप्रतिदिन रोमाञ्चक बन्दै गएको छ। आगामी खेलहरूमा अझ उत्कृष्ट खेल प्रदर्शन हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.