सशस्त्र प्रहरीको सक्रियता, वीरगन्जमा झण्डै १५ लाख बराबरको अवैध सामान नियन्त्रण

48

माघ २०, आनन्द पटेल

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाका विभिन्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइँदै गरेका सामानहरू बरामद गरेको छ।

वीरगन्ज महानगरपालिका–१४ गण्डक चोकस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेड क्वार्टर पर्साबाट खटिएको टोलीले चेकप्वाइन्ट थापी चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको मूल्य रु. ५,११,१०० बराबरको लत्ताकपडा बरामद गरेको हो।

त्यसैगरी, वीरगन्ज महानगरपालिका–१६ इनर्वास्थित विभिन्न सीमा इलाकामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वार्टर वीरगन्जबाट खटिएको टोलीले भारतबाट विभिन्न सवारी साधनहरूमा लुकाईछिपाई ल्याइँदै गरेको मूल्य रु. ५,९६,००० बराबरको कपडा, मोबाइल पार्ट्स, पैसा गन्ने मेसिन, ग्यास पार्ट्स, मोटर पार्ट्स लगायतका सामग्री बरामद गरेको छ। साथै, मूल्य रु. ४,००,००० बराबरको एउटा अटो रिक्सा समेत नियन्त्रणमा लिइएको छ।

बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

उक्त जानकारी सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेड क्वार्टर पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले दिएका हुन्।

Leave A Reply

Your email address will not be published.