पर्सा–२ मा सन्तोष पटेलको जनजागरण तीव्र, विकास र समृद्धिका एजेन्डासहित घरदैलो अभियान
पर्सा, फाल्गुन । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २४ बहुवरी र वडा नं. २८ बगही तथा पर्सागढी नगरपालिका वडा नं. ६ चैनपुर, वडा नं. ५ हर्दिया र वडा नं. ८ हरपुरमा जनजागरण कार्यक्रम तथा स्थानीय अगुवाहरूसँग भेटघाट सम्पन्न गरिएको छ।
कार्यक्रममा उम्मेदवार सन्तोष पटेलले “एक भोट राष्ट्रका लागि, हर हर कमल घर घर कमल” भन्ने नारासहित घरदैलो तथा जनसंवादलाई तीव्रता दिएका छन्। उनले युवा, महिला तथा विद्यार्थीलाई उच्च सम्मान, आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, सनातन हिन्दू राष्ट्र नेपाल र रामराज्य स्थापना जस्ता एजेन्डा अगाडि सारेका छन्।
यसैगरी भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्यमा सुधार, सुशासन, विकास र सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै परिवर्तनका लागि स्वाभिमानको रक्षा आवश्यक रहेको बताए। किसानलाई उच्च प्राथमिकता, खेल क्षेत्रलाई प्रोत्साहन, मेडिकल कलेज स्थापना, क्रिकेट स्टेडियम निर्माण तथा रामायण सर्किट निर्माणमार्फत रोजगारी सिर्जना गरी क्षेत्रको समृद्धि हासिल गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
नेपाल जनता पार्टीको कमल छापमा मत दिएर साथ, सहयोग र आशीर्वाद दिन उनले आम मतदातासँग आग्रह गरेका छन्। जुझारु नेता सन्तोष पटेल आफ्नो स्पष्ट भिजनसहित चुनावी अभियानमा अघि बढिरहेका छन्।