राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ युवाको आकर्षण, पर्सा–२ मा एमाले एकाइ अध्यक्षसहित ठूलो समूह प्रवेश

36

वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आकर्षण बढ्दै गएको देखिएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा आयोजित कार्यक्रममा वडा नम्बर १० का एमाले एकाइ अध्यक्षसहित युवाहरूको ठूलो समूह रास्वपामा प्रवेश गरेको छ।

वडा नम्बर १० का एमाले एकाइ अध्यक्ष अशोक शाह कानु, वडा सदस्यका उम्मेदवारहरू शेखर अग्रवाल, रेनु कर्ण र जयकुमारीको नेतृत्वमा युवाहरूको समूह पार्टीमा आबद्ध भएको जनाइएको छ। साथै वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ र ९ का युवाहरू पनि रास्वपामा संगठित रूपमा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले टीका तथा खादा लगाएर स्वागत गरेका थिए। उनले युवाहरूको सक्रिय सहभागिताले पर्सा–२ मा परिवर्तनको राजनीतिक चेतना अझ सशक्त बन्दै गएको बताए।

यस अवसरमा भेट्रारान फुटबल क्लबका अध्यक्ष सविन बस्नेतसहितको समूहलाई पनि पार्टीमा स्वागत गरिएको थियो।

रास्वपाका युवा नेता लखन कुमार गुप्ताले पछिल्लो समय विभिन्न वडाबाट युवाहरू संगठित रूपमा पार्टीमा प्रवेश गर्ने क्रम तीव्र बनेको जानकारी दिए।

Leave A Reply

Your email address will not be published.