गहवामाई चुनरी यात्राको पूर्वसन्ध्यामा तेरापन्थ युवा परिषद् वीरगन्जद्वारा १,५०० पिस जुस वितरण

26

वीरगन्ज आनन्द पटेल।

तेरापन्थ युवा परिषद् वीरगन्जले श्री गहवामाई १५१ मिटर चुनरी यात्राको पूर्वसन्ध्यामा १ हजार ५०० पिस जुस वितरण गरेको छ।

धार्मिक आस्था र सामाजिक सेवाको भावनालाई आत्मसात् गर्दै परिषद्ले चुनरी यात्राको पूर्वसन्ध्यामा जुस वितरण कार्यक्रम आयोजना गरेको हो। यस कार्यक्रममार्फत श्रद्धालु तथा सर्वसाधारण प्रति सेवाभाव र सामाजिक सद्भावको सन्देश प्रवाह गरिएको छ।

तेरापन्थ युवा परिषद् वीरगन्जका अध्यक्ष सुनील दुगडको नेतृत्वमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष लोकेश जैमर, मन्त्री पीयूष जैमर, उपाध्यक्ष सौरभ बुटोरिया, सदस्य आशीष चोररिया तथा सल्लाहकार पंकज जी बैदको सहभागिता रहेको थियो।

परिषद्ले धार्मिक तथा सामाजिक गतिविधिसँगै मानवीय सेवाका कार्यलाई प्राथमिकता दिँदै आएको छ। गहवामाई चुनरी यात्राको पूर्वसन्ध्यामा गरिएको यस कार्यक्रमले धार्मिक उत्सवसँगै सामाजिक सेवाको महत्त्वलाई समेत उजागर गरेको छ

Leave A Reply

Your email address will not be published.