नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालयलाई कम्प्युटर सहयोग हस्तान्तरण

71

वीरगञ्ज – १० फागुन २०८२

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रदेश कार्यालय लाई २ सेट कम्प्युटर सम्पूर्ण आवश्यक एक्सेसरिजसहित तथा युपिएस सहयोग स्वरूप हस्तान्तरण गरेको छ। उक्त कार्यक्रम २०८२ साल फागुन १० गते कलेजको सम्मेलन हल, वीरगञ्ज–१५, पर्सामा सम्पन्न भएको हो।

प्रविधिगत पूर्वाधार सुदृढीकरणमार्फत सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित तथा छिटोछरितो बनाउने उद्देश्यले उक्त सामग्री सहयोग गरिएको हो। यस सहयोगबाट प्रदेश प्रहरी कार्यालय वीरगञ्जको प्रशासनिक कार्यसम्पादन तथा सूचना व्यवस्थापन प्रणालीमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको छ।

हस्तान्तरण कार्यक्रममा कलेजका अध्यक्ष प्रा. डा. जैनुदिन अन्सारी ले सामग्री हस्तान्तरण गर्नुभएको थियो भने नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइराला ले सामग्री ग्रहण गर्नुभएको थियो।

उक्त कार्यक्रममा एडमिसन अफेयर्स एण्ड मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, साथै मार्केटिङ, प्रशासन तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

नेशनल मेडिकल कलेजले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै समाज र सुरक्षा निकायबीच सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.