जेनजी युवासँग टेमानीको रात्री संवाद, पर्सा–२ मा जसपाको अभियान तीव्र

61

वीरगञ्ज (पर्सा), ११ फागुन । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको चुनावी अभियान दिनप्रतिदिन तीव्र बन्दै गएको छ।

घरदैलो, मतदाता भेटघाट तथा स्थानीय समस्या सुन्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएका टेमानीले सोमबार राति बहुदरमाई नगरपालिका–४ डोकैला बहुअरीमा जेनजी युवासँग विशेष अन्तरक्रिया गरेका हुन्।

रात्री भेटघाट कार्यक्रममा जेनजी पुस्ताका युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। खुला छलफल शैलीमा सम्पन्न कार्यक्रममा युवाहरूले रोजगारी, सीप विकास, गुणस्तरीय शिक्षा, सूचना प्रविधिमा पहुँच तथा स्थानीय पूर्वाधार विकासका विषयमा आफ्ना धारणा राखेका थिए। टेमानीले ती सवाललाई गम्भीरतापूर्वक सुन्दै समाधानका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा सहभागी युवाहरूले आगामी निर्वाचनमा टेमानीलाई अत्यधिक मतले विजयी गराउन सक्रिय रूपमा प्रचारप्रसारमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। युवाहरूले परिवर्तन र युवाको आवाज संसदसम्म पुर्‍याउनुपर्ने आवश्यकता औंल्याएका थिए।

टेमानीले युवालाई केवल मतदाता नभई नीतिनिर्माणका साझेदारका रूपमा अघि ल्याउने योजना रहेको बताए। ‘युवाहरू देशको भविष्य मात्र होइन, वर्तमान परिवर्तनका प्रमुख शक्ति हुन्,’ उनले भने, ‘पर्सा–२ लाई रोजगारी, उद्यमशीलता र आधुनिक पूर्वाधारको केन्द्र बनाउने हाम्रो लक्ष्य छ।’

अभियानका क्रममा टेमानीले घरदैलो कार्यक्रममार्फत स्थानीय बासिन्दाका गुनासा र सुझाव संकलन गरिरहेका छन्। सडक, खानेपानी, कृषि बजार व्यवस्थापन, स्वास्थ्य सेवा र शैक्षिक सुधारलाई प्राथमिक एजेन्डा बनाएको उनले स्पष्ट पारे।

डोकैला बहुअरी क्षेत्रमा भएको रात्री भेटघाटलाई जसपाका स्थानीय कार्यकर्ताहरूले अभियानको महत्वपूर्ण कडीका रूपमा लिएका छन्। युवा पुस्ताको सक्रिय सहभागिताले पर्सा–२ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको बताइएको

Leave A Reply

Your email address will not be published.