पर्सा–२ मा सन्तोष पटेलको अभियान तीव्र, अठाराहा–डोकैला क्षेत्रमा जनसमर्थन बढ्दो

89

पर्सा । “हाम्रो यात्रा जारी छ” भन्ने मूल नाराका साथ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार  सन्तोष पटेलले आज अठाराहा, विन्दवासिनी, बढ्नियार, रमौली र डोकैला लगायतका क्षेत्रमा व्यापक जनता दर्शन तथा स्थानीय अगुवाहरूसँग छलफल कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो अभियानका क्रममा उम्मेदवार पटेलले ज्येष्ठ नागरिक, महिला, युवा तथा व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको समग्र विकासका लागि आफ्ना स्पष्ट योजना प्रस्तुत गरेका थिए। उनले राष्ट्र, धर्म र समृद्धिको मूल लक्ष्यसहित अघि बढिरहेको अभियानलाई सफल बनाउन नेजपालाई साथ, सहयोग र आशीर्वाद दिन मतदातासँग आग्रह गरे।

छलफलका क्रममा स्थानीयवासीहरूले सडक, शिक्षा, स्वास्थ्य, सिँचाइ, रोजगारी तथा कृषि क्षेत्रका समस्या र अपेक्षाबारे धारणा राखेका थिए। त्यसप्रति उम्मेदवार पटेलले जनताको सुझावलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले निर्वाचन केवल जित्ने अभियान नभई जनविश्वास जित्ने अभियान भएको उल्लेख गर्दै विकास, सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर अघि बढ्ने बताए।

दिनप्रतिदिन क्षेत्रमा उनको लोकप्रियता र जनतामा विश्वास बढ्दै गएको समर्थकहरूको भनाइ छ। प्रत्येक टोल–बस्तीमा देखिएको उत्साहजनक सहभागिताले पर्सा–२ मा उनको चुनावी अभियान थप मजबुत बन्दै गएको संकेत गरेको छ।

Leave A Reply

Your email address will not be published.