पर्सा–१ मा अनिल रुङटाको घरदैलो अभियान: मुर्ली टोलमा मतदातासँग प्रत्यक्ष संवाद

18

वीरगञ्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रिंगटाले वीरगञ्ज महानगरपालिका–१२ मुर्लीमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलमा पुगेर उहाँले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गर्नुभयो।

घरदैलोका क्रममा रुङटाले विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको स्तरोन्नति, खानेपानी र सडक पूर्वाधार सुधारजस्ता विषयमा स्थानीयवासीसँग विस्तृत छलफल गर्नुभयो। उहाँले पर्सा क्षेत्र नं. १ को समग्र विकास, पारदर्शी शासन प्रणाली तथा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदाताको साथ र समर्थन माग्नुभयो।

कार्यक्रममा सहभागी संविधानसभा सदस्य Rajendra Bahadur Amatya ले रुङटा सक्षम, इमान्दार तथा विकासप्रति स्पष्ट दृष्टिकोण भएका नेतृत्व भएको उल्लेख गर्नुभयो। उहाँले क्षेत्रको समग्र विकास र सुशासनका लागि प्रतिबद्ध उम्मेदवार आवश्यक रहेको बताउँदै मतदातालाई रुङटालाई विजयी गराई पर्सा–१ को भविष्य सुरक्षित बनाउन आग्रह गर्नुभयो। जनताको विश्वास र साथ पाएमा शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकासका क्षेत्रमा देखिने परिणाम आउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।

घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मतदाताहरूले खानेपानी अभाव, ढल निकास व्यवस्थापन, सडक सुधार तथा भ्रष्टाचार नियन्त्रणजस्ता विषय उठान गरेका थिए। त्यसप्रति रुङटाले दीर्घकालीन समाधानसहित स्पष्ट योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

टोल–टोलमा पुगेर ज्येष्ठ नागरिक, महिला, युवा तथा व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै रुङटाले जनविश्वास थप मजबुत बनाउँदै जानुभएको छ। यससँगै पर्सा क्षेत्र नं. १ मा चुनावी माहोल क्रमशः तातिँदै गएको देखिएको छ।

Leave A Reply

Your email address will not be published.