“Living with Environment अभियान अन्तर्गत दोलो होली मिलन समारोह वीरगञ्जमा सम्पन्न

4,074

Lवीरगञ्ज, पर्सा। ‘वातावरणः जिउने आधार’ भन्ने सन्देशसहित Living with Environment अभियान अन्तर्गत दोलो होली मिलन समारोह मानवसेवा आश्रम पर्सा शाखा परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। बिहान १० बजेबाट सुरु भएको कार्यक्रममा अभियानका सदस्य, आश्रमका सहयोगी, स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम होली पर्वको अवसरमा आपसी सद्भाव, भाईचारा र वातावरण संरक्षणको सन्देश प्रवाह गर्न केन्द्रित थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले वातावरण संरक्षण बिना मानव जीवन असम्भव रहेको उल्लेख गर्दै प्रकृतिसँग सहअस्तित्व कायम गर्दै अघि बढ्न सबैलाई आग्रह गरे। सहभागीहरूले रंग अबिर साटासाट गर्दै सामाजिक एकता र मानव सेवाको भावना अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे।

मानवसेवा आश्रमले विगतदेखि नै असहाय, बेसहारा तथा सडक आश्रित मानवहरूको उद्धार, उपचार र पुनःस्थापनामा सक्रिय भूमिका खेल्दै आएको छ। यस प्रकारका सांस्कृतिक तथा सामाजिक कार्यक्रममार्फत आश्रमले समाजमा सकारात्मक सन्देश फैलाउने कार्यलाई निरन्तरता दिँदै आएको छ।

आयोजकले जानकारी दिएको अनुसार उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

Leave A Reply

Your email address will not be published.