डिस्पी रिजालको नेतृत्वमा भन्सार छलीका ७ लाख भन्दा बढीको विभिन्न सामग्री बरामद

367

३० चैत्र वीरगन्ज, आनन्द पटेल
सशस्त्र प्रहरीले वीरगञ्जबाट शुक्रबार ७ लाख भन्दा बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सारको मुख्य प्रवेशद्वारबाट सशस्त्र प्रहरीले ७ लाख भन्दा बढीको विभिन्न सामग्रीहरु बरामद गरेको हो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल नेतृत्वको ७ जनाको गाडी मोवाईल टोलीले ४,३४,८१० बराबरको किराना सामान, जुत्ता चप्पल, हार्डवेयर, मोटर पार्ट्स, र कस्मेटिक आइटम बरामद गरेको हो ।

यसैगरी भारतबाट नेपाल तर्फ आउदै गरेको ना १ ह ८९८१ नम्बरको अटोलाई चेकजाँच गर्दा रु ५०,००० मूल्य बराबरको ५० सेट कुर्ता सुरुवालको कपडा, २ लाख मूल्य बराबरको अटो सहित अटो रिक्सा चालक वीरगन्ज गहवा १० बस्ने ३९ वर्षीय ब्रिेन्द्र साहलाई नियन्त्रमा लिई आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालय बुझाइएको डिएस्पी सुरज रिजालले जानकारी दिए ।

यसैगरी भारतबाट साइकलमा लोड्गरी नेपाल तर्फ लयाउँदै गरेको रु ४० हजारको ४ बोरा फूलको माला बरामदगरी वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको
सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । पछिल्लो समयमा सशस्त्र प्रहरीले भन्सारमा कडाइ गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.