प्राज्ञिक विद्यार्थी परिषदद्वारा १०० विद्यार्थीलाई झोला, कापी र कलम सहयोग

71

वीरगञ्ज, असार १८ । प्राज्ञिक विद्यार्थी परिषद, नेपाल, सेवा र विकासका लागि युवा संस्था तथा नेपाल–भारत सहयोगको संयुक्त आयोजनामा वीरगञ्जस्थित सिद्धार्थ माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

प्राज्ञिक विद्यार्थी परिषद, नेपालकी राष्ट्रिय उपाध्यक्ष लक्ष्मी कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद मेहता प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा परिषद्की राष्ट्रिय छात्रा प्रमुख डा. सुष्मा तिवारी, सेवा र विकासका लागि युवा संस्थाका प्रदेश अध्यक्ष गौरव बर्मा, परिषदका केन्द्रीय सदस्य घनश्याम नायक, विद्यालयका शिक्षक–शिक्षिका, सञ्चारकर्मी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन परिषदका माध्यमिक विद्यालय संयोजक सन्नी दुबेले गरेका थिए।

कार्यक्रम अन्तर्गत कक्षा १० मा अध्ययनरत १०० जना विद्यार्थीलाई एक–एक थान विद्यालय झोला, दुई–दुई थान कापी तथा एक–एक थान कलम वितरण गरिएको थियो। साथै विद्यालयलाई शब्दकोश तथा अंग्रेजी बोलचालसम्बन्धी पुस्तकहरू समेत हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार यस्ता शैक्षिक सहयोग कार्यक्रमले विद्यार्थीमा अध्ययनप्रति उत्साह र प्रेरणा बढाउनुका साथै शिक्षाको गुणस्तर सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.