ब्राइट कलेजमा बीबीए प्रवेश परीक्षा साउन १६ गते, आवेदन दिन विद्यार्थीलाई आग्रह

74

आनन्द पटेल

वीरगञ्ज, असार १८

राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरगञ्ज महानगरपालिका–९, घण्टाघर (सीडीओ कार्यालय नजिक) स्थित ब्राइट कलेज अफ म्यानेजमेन्ट एन्ड साइन्सले स्नातक तहको ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) कार्यक्रमका लागि साउन १६ गते प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ।

कलेजका अनुसार प्रवेश परीक्षा दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ। व्यवस्थापन क्षेत्रमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै प्रवेश परीक्षा आयोजना गरिएको कलेजले जनाएको छ।

बीबीए कार्यक्रममार्फत व्यवसाय व्यवस्थापनका सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे व्यापक ज्ञान प्रदान गरिने कलेजको भनाइ छ। यस कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीहरूले व्यवस्थापन, बजार व्यवस्थापन (मार्केटिङ), वित्त (फाइनान्स), मानव स्रोत व्यवस्थापन (एचआर) तथा उद्यमशीलता लगायतका विषयमा दक्षता हासिल गर्नेछन्। यसले निजी तथा सार्वजनिक क्षेत्रका विभिन्न संस्थामा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्न तथा आफ्नै व्यवसाय सञ्चालन गर्न आवश्यक ज्ञान, सीप र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास कलेजले व्यक्त गरेको छ।

कलेजले गुणस्तरीय शिक्षा, अनुभवी प्राध्यापक, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थीमैत्री वातावरणमार्फत दक्ष व्यवस्थापन जनशक्ति उत्पादनमा जोड दिँदै आएको जनाएको छ।

ब्राइट कलेजका सञ्चालक मुकेश गुप्ताले बीबीए अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई समयमै आवेदन दिई प्रवेश प्रक्रियामा सहभागी हुन आग्रह गर्दै व्यवहारिक तथा गुणस्तरीय शिक्षामार्फत सक्षम व्यवस्थापन जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताए।

थप जानकारीका लागि इच्छुक विद्यार्थी तथा अभिभावकले ९८५५०२६२५२ वा ९८०२५९३४०१ नम्बरमा सम्पर्क गर्न सक्ने कलेजले जनाएको छ।

Leave A Reply

Your email address will not be published.