सामाजिक सेवामा तेरापन्थ युवक परिषद् : दुई शिविरबाट ६५ जनाले दिए रगत

35

वीरगञ्ज, असोज ४ आनन्द पटेल ।

बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्न तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगञ्ज–नेपालले आइतबार एकै दिन दुई छुट्टाछुट्टै रक्तदान शिविर आयोजना गरेको छ।

सेवा, संस्कार र संगठन’को भावनाअनुसार आयोजित पहिलो रक्तदान शिविर हुलास हिपको–लालपर्साको सहयोगमा सम्पन्न भएको थियो। उक्त शिविरमा ५० जनाले रक्तदान गरेका छन्। शिविरमा हुलास हिपकोका कमर्शियल जनरल म्यानेजर रवि सिन्हाको उपस्थिति रहेको थियो।

त्यसैगरी, तेरापन्थ जैन भवनमा विशेष महिला रक्तदान शिविर आयोजना गरिएको थियो। नेपाल अग्रवाल महिला मञ्चसँगको सहकार्यमा आयोजित उक्त शिविरमा १५ जना महिलाले रक्तदान गरेका छन्। शिविरमा मञ्चकी अध्यक्ष नूतन सरावगीसहित उनको टोलीको सहभागिता रहेको थियो।

कार्यक्रममा तेरापन्थ युवक परिषद्का अध्यक्ष सुनील दुगड, रक्तदान संयोजक सौरभ भुटोरिया, ‘रक्तदान अन कल’का आशीष चोरडिया, पंकज बैद र अनिल बैदको उल्लेखनीय उपस्थिति रहेको थियो।

दुवै शिविरबाट संकलित रगत अस्पतालमा उपचाररत बिरामी तथा आकस्मिक अवस्थामा रगत आवश्यक पर्ने बिरामीको उपचारमा सहयोगी हुने आयोजकले जनाएको छ। परिषद्ले रक्तदानसहित विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.