अत्यधिक गर्मी शुरु भएपछि सडकमा आवतजावत गर्ने बटुवाहरुलाई जीवन ज्योति माविमा अध्यानरत विद्यार्थीहरुले चिसापानी खुवाए

11

बीरगंज( बीरगंजमा अहिले अत्यधिक गर्मी शुरु भए पछि सडकमा आवतजावत गर्ने बटुवाहरुलाई जीवन ज्योति माविमा अध्यानरत विद्यार्थीहरुले चिसापानी खुलाउने काम गरेका छन् ।

एक अर्कोलाई सहयोग गरौं मानवीयता प्रवर्द्धन गरौं भन्ने मुल नाराका साथ जीवन ज्योति माध्यमिक बिधालय बीरगंज ११ को आयोजना तथा लायन्स क्लब अफ बीरगंज सेन्ट्रोलको समन्वयमा उक्त चिसापानी वितरण गरिएको लायन्स एवम् जीवन ज्योति माध्यमिक बिधालयका डाइरेक्टर मिनाछी गुप्ताले जानकारी दिएकी छिन् ।

बीरगंजको मुख्य सडक घन्टाघरमा दिउँसो १० बजेदेखि १२ बजेसम्म कक्षा ७ र ८ का विद्यार्थीहरुले सडकमा आवतजावत गर्ने सर्वसाधारणहरुलाई चिसापानी खुवाउने काम भएको डाइरेक्टर गुप्ताले बताएका हुन ।उनले बताए अनुसार अहिले गर्मी मौसममा मानवीय सहायता मुख्य आवश्यकता भनेको बटुवाहरुलाई चिसापानी खुलाउने काम गरे ठूलो धर्म हुने बताए ।

बीरगंजमा केही दिन देखि अत्यधिक गर्मी भएकाले सडकमा हिड्ने जोकोहीलाई पनि यस्तो घाममा चिसापानी खुलाउने काम गरे पुन्य हुने हिन्दु धार्मिक मान्नेता अनुसार उल्लेख रहेको डाइरेक्टर गुप्ताले बताएकी छिन् । चिसापानी वितरण कार्यक्रममा लायन्स क्लब अफ बीरगंज सेन्ट्रोल एवम् जीवन ज्योति माविका डाइरेक्टर मिनाछी गुप्ता ,शिक्षक राजकुमार गुप्ता शिक्षिका दिपा यादव एवम् अन्य शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

Leave A Reply

Your email address will not be published.