जनपद प्रहरीतर्फ नयाँ भर्ना खुला : प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ पदका लागि आवेदन माग

23

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा नयाँ भर्ना खुलाएकाे छ।

शुक्रबार एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४ सय ३८ जनाको लागि आवेदन आह्वान गरिएको हो। योग्यता पुगेका नागरिकले प्रहरी निरीक्षकमा आगामी माघ ५ गतेसम्म आवेदन दिन सक्ने जनाइएकाे छ।

साथै सहायक निरीक्षकमा भने माघ ८ गतेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख गरिएकाे हाे।

Leave A Reply

Your email address will not be published.