जीवन ज्योति विद्यालयमा श्रीजंग गणका गणपति कार्कीद्वारा राष्ट्रिय इतिहासबारे विशेष प्रशिक्षण

मंसिर २२, वीरगञ्ज — आनन्द पटेल रानीघाट स्थित जीवन ज्योति माध्यमिक विद्यालयमा आइतबार श्रीजंग गण, श्रीपुर ब्यारेक वीरगञ्जका गणपति लोकेन्द्र कार्कीले कक्षा १० का विद्यार्थीहरूलाई नेपालका पौराणिक कालदेखि आधुनिक समयसम्मको राष्ट्रिय इतिहासबारे…

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : आदर्शनगरमा जनचेतनामूलक प्रशिक्षण सम्पन्न

बिरगंज २१ मंसिर ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एकदिने जनचेतनामूलक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमकाे प्रमुख अतिथि वडा प्रहरी…

मदुवाहामा दाइजो–कुरीति विरुद्ध जागरण मञ्चको आँखा शिविर, २७२ जनाले सेवा पाए

बिरगंज, २२ मंसिर । जगरनाथपुर गाउँपालिका–५ मदुवाहा स्थित श्री बाल विकास प्राथमिक विद्यालयको प्राङ्गणमा आइतबार दाइजो तथा सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजना तथा केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न…

नारायणी एफएमको २०औँ वार्षिकोत्सवमा पहिलोपटक समाचार वाचन प्रतियोगिता सम्पन्न

वीरगञ्ज । नारायणी एफएमको २०औं वार्षिकोत्सवको अवसरमा आयोजित समाचार वाचन प्रतियोगिता आइतबार सम्पन्न भएको छ। वीरगञ्जबाट प्रसारित हुँदै आएको सामुदायिक रेडियो नारायणी एफएमले नेपालमा पहिलोपटक आफ्नो स्थापनादिवसको अवसरमा सो प्रतियोगिता आयोजना गरेको…

वीरगन्जमा नेपाल जनता पार्टी नेता सन्तोषानन्दमाथि हत्याको धम्की, प्रहरीमा उजुरी

वीरगन्ज २१ मंसिर नेपाल जनता पार्टीका वरिष्ठ नेता सन्तोषानन्द महाराज (सन्तोष पटेल) ले आफूलाई वीरगन्ज वडा नम्बर ३ का नदिन अन्सारी नामक व्यक्तिले भिडियोमार्फत ज्यान मार्ने धम्की दिएको बताएका छन्। महाराजले आइतबार वीरगन्जको माइस्थान…

मधेस प्रदेश सरकार विस्तार—अर्थ मन्त्रालय जनमत पार्टीलाई

जनकपुरधाम — मधेस प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार गठन भएको सरकारमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै मन्त्रिपरिषद् विस्तार प्रक्रिया अगाडि बढाएको छ। आइतबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री…

मधेसमा नयाँ सरकार : मुख्यमन्त्री यादवद्वारा शपथ, २४ मा विश्वासको मत

काठमाडौं — मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई शपथ गराएका हुन्।…

गोवामा नाइट क्लबमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु

काठमाडौं । भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो । प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो । घटनाबारे जानकारी पाउनासाथ गोवाका…

पर्सामा ४० लाख बराबरका अवैध सामान र सवारी साधन सशस्त्र प्रहरीले भन्सारमा बुझायो

मंसिर २१ पर्सा आनन्द पटेल— सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साका विभिन्न टोलिहरुले हालै भारतबाट अबैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइँदै गरिएको ठूलो परिमाणका सामान तथा सवारी साधन नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएका छन्।…

लायन्स क्लबको स्वास्थ्य अभियान: ३२४ जनाको आँखा परीक्षण, १२९ जनाको अपरेसन सोमबारदेखि

वीरगञ्ज — "Vision for All" सबैको लागि दृष्टि अभियान अन्तर्गत लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीद्वारा आज बहुदरमाई नगरपालिका–८, रामनगरीमा…