एलसीआईएफको १ करोड ४० लाख सहयोगमा मानव सेवा आश्रमको भवन निर्माण, उद्घाटन तथा हस्तान्तरण

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डको आयोजनामा मानव सेवा आश्रमको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ। लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (एलसीआईएफ) को १ करोड ४० लाख रुपैयाँ आर्थिक…

मेडिसिटी वयोधामा राजेन्द्र प्रसाद कोइरालाको उत्प्रेरणात्मक सत्र, सहभागीले भने– ‘यो त चमत्कार नै भयो’

वीरगन्ज आनन्द पटेल। स्वास्थ्य सेवामा मानवीय संवेदना र व्यावसायिक कार्यकुशलतालाई थप प्रभावकारी बनाउने उद्देश्यले ललितपुरस्थित मेडिसिटी वयोधा अस्पतालमा विशेष उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ। ज्ञानदा एकेडेमी (GYANDA Academy) का…

मानवीय सेवामा साउथ जोन परिवार, भोटेकोशी बाढीपीडितलाई १ लाख ५५ हजार ५५५ सहयोग

वीरगञ्ज आनन्द पटेल। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि वीरगञ्जस्थित साउथ जोन सेकेन्डरी स्कुल परिवारले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग संकलन गरेको छ। बाढीपीडितको दुःखमा साथ दिने…

राखीदेखि क्विजसम्म : विद्या सदनमा विद्यार्थीको प्रतिभा प्रदर्शन

वीरगञ्ज, भदौ १८ । विद्या सदन माध्यमिक विद्यालय, वीरगञ्जमा विद्यार्थीहरूको सिर्जनशीलता, प्रतिभा, ज्ञान तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अतिरिक्त क्रियाकलाप सम्पन्न भएका छन्। विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार…

विद्यार्थीको आकर्षक प्रस्तुतिसँगै सगरमाथा एकेडेमीमा जन्माष्टमी विशेष कार्यक्रम

वीरगञ्ज, भदौ १८ । आनन्द पटेल वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित सगरमाथा एकेडेमीमा भगवान् श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ। कार्यक्रममा विद्यालयमा कक्षा प्ले ग्रुप (पी.जी.) देखि…

रसुवाका बाढीपीडितका लागि फेटा गाउँपालिकाले १९ लाख रुपैयाँ सहयोग गर्ने

वीरगञ्ज । बाराको फेटा गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १९ लाख २ हजार ६३३ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। फेटा गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले उक्त…

बाढीपीडितका लागि माउन्ट मकालुको आर्थिक सहयोग, प्याब्सन मार्फत राहत कोषमा जाने

वीरगञ्ज, १८ भदौ । रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि वीरगञ्जस्थित माउन्ट मकालु बोर्डिङ स्कुलका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूले आर्थिक सहयोग सङ्कलन गरेका छन्। बाढीपीडितलाई मानवीय सहयोग पुर्‍याउने उद्देश्यले…

आदर्श माविमा क्याप्टेन र मनिटरको पदस्थापना, प्रमुख अतिथि चौधरीले बाँडे ब्याच

वीरगञ्ज, १८ भदौ । श्री आदर्श माध्यमिक विद्यालय, आदर्शनगर वीरगञ्जमा विद्यार्थीहरूको पदस्थापना तथा ब्याच वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक रामविनोद पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज…

जन्माष्टमीमा १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई गहवा माई समितिको शैक्षिक सामग्री

वीरगञ्ज, १८ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्री गहवा माई तीर्थ क्षेत्र विकास समिति (रथयात्रा समिति), वीरगञ्जले नगरका विभिन्न विद्यालयमा राधा–कृष्णको रूप धारण गरेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी प्रोत्साहित गरेको छ। समितिले…

भोटेकोशी बाढीबाट सिर्जित विपद् अन्त्यको कामना सहित वीरगञ्जमा रुद्राभिषेक पूजा

वीरगञ्ज आनन्द पटेल। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित राष्ट्रिय संकट तथा प्राकृतिक विपद्बाट राष्ट्रलाई मुक्ति मिलोस् भन्ने कामना सहित वीरगञ्ज स्थित पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक पूजा तथा विशेष प्रार्थना गरिएको छ। कर्मकाण्डी…