चितवनमा भोटेकोशी बाढीपछि फेला परेका १९९ बेवारिसे शवको व्यवस्थापन

चितवन, १५ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका पहिचान नखुलेका १९९ शवको व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा…

नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशु १६ घण्टापछि सकुशल फेला, महिला पक्राउ

वीरगञ्ज । नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशुलाई प्रहरीले करिब १६ घण्टापछि सकुशल फेला पारेको छ। शिशुलाई लिएर अस्पतालबाट बाहिरिएकी एक महिलालाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा इनर्वाकी सबिना…

रसुवाका पीडित परिवारका लागि प्याब्सन पर्सा र वीरगञ्ज महानगर एकजुट

वीरगञ्ज, ११ भदौ । रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा हिमपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति पर्सा र प्याब्सन महानगर वीरगञ्जले…

मध्य नेपाल सन्देशको ११औँ वार्षिकोत्सवमा ‘महिला पहिला’ बहस, पत्रकार बन्दना झा सम्मानित

वीरगञ्ज । वीरगञ्जबाट प्रकाशित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो ११औँ वार्षिकोत्सवको अवसरमा ‘२०८४ को निर्वाचनमा महिला पहिला’ विषयक प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको छ। वीरगञ्ज स्थित क्लासिक ब्याङ्क्वेटमा आयोजित कार्यक्रमको…

बाढीपीडितका लागि बागेश्वरधाम समितिको १ हजार थान कपडा सहयोग

वीरगञ्ज । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि बागेश्वरधाम मण्डल जनसेवा समिति पर्साले १ हजार थान कपडा सहयोग गरेको छ। बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत वितरण गर्न जान लागेका ठोरी युवा समाजका सदस्य तथा सामाजिक…

बाढीपहिरो प्रभावितका लागि रुङ्टा ग्रुपको २ करोड १ लाख राहत

वीरगञ्ज, १४ भदौ । वीरगञ्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर रुङ्टाले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। रुङ्टा ग्रुप अन्तर्गत सञ्चालित…

भोटेकोशी बाढीपछि नेपाली सेनाले गर्‍यो २ हजार ६५० जनाको उद्धार

काठमाडौं, १४ भदौ । रसुवा स्थित भोटेकोशी नदीमा १० भदौको बिहान आएको बाढीपछि उद्धारमा खटिएको नेपाली सेनाले हालसम्म २ हजार ६५० जनाको उद्धार गरेको छ। सैनिक मुख्यालय जंगी अड्डाका अनुसार शनिबार मात्रै टिमुरे, स्याफ्रुबेंसी र मैलुङबाट ५४ जनाको…

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, ८ हजार भन्दा बढीको उद्धार

काठमाडौं, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजे सार्वजनिक गरेको बुलेटिन अनुसार…

सूचना विवादमा पोखरिया अस्पतालका निमित्त मेसुको स्पष्टोक्ति– ‘कानुनी प्रक्रिया पूरा गरेर सूचना दिएका…

वीरगञ्ज । पर्साको प्रादेशिक अस्पताल पोखरियाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले अस्पतालसँग सम्बन्धित सूचना माग गर्ने नागरिकको अधिकार कुण्ठित नगरिएको दाबी गरेका छन्। उनले प्रचलित कानुन र प्रशासनिक प्रक्रिया पूरा गरी…

वीरगञ्ज महानगरपालिकाले भोटेकोसी बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग गर्ने

वीरगन्ज १३ । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगञ्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको आकस्मिक कार्यपालिका…